बेलायतमा कोरोनाबाट थप ३ नेपालीको मृत्यु

बेलायतमा कोरोनाबाट थप ३ नेपालीको मृत्यु

लन्डन,१२ वैशाख

बेलायतमा कोरोना भाइरसका कारण थप ३ जना नेपालीको मृत्यु भएको छ । संक्रमण देखिएपछि २ हप्ताअघि लन्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए ।

प्यूठान पुरानो घर भएका गुरुङ लन्डनमा बस्दै आएका थिए । आफ्ना छोरी ज्वाइँलाई समेत बेलायत ल्याउन आर्थिक हिसाबले सजिलो होस् भनेर पछिल्लो समय उनले पूर्णकालीन रुपमा कामसमेत गर्दै आएका समाजसेवी लीलादेवी गुरुङले बताइन् ।

यस्तै, खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने बीमा नाछिरिङ राईको पनि उपचारका क्रममा जर्ज इलिट अस्पतालमा मृत्यु भएको हो । उनी गत वर्ष मात्र बेलायत आएकी हुन् । एक साताअघि कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकी राईलाई पहिल्यैदेखि मिर्गौला रोगको समस्या रहेको ब्रिटिस गोरखा भेट्रन्स एसोसिएसनका महासचिव भीम सारु मगरले जानकारी दिए ।

त्यस्तै, कोरोना संक्रमणबाट बेलायतमा अर्का १ नेपालीको पनि बुधबार मृत्यु भएको छ । बेलायतको रेडिङ सहरमा बस्दै आएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा निधन भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिए ।

तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै कोरोना संक्रमण भएको अस्पतालले पुष्टि गरेको थियो । उच्च रक्त चापको नियमित औषधि सेवन गर्ने लिङ्देल १४ वर्षदेखि परिवारका साथ बेलायतमा बस्दै आइरहेहको समाजसेवी कमल गुरुङले बताए ।

रासस