लकडाउनबारे कुनै निर्णय भएन, अर्को बैठकले टुंगो लगाउने

लकडाउनबारे कुनै निर्णय भएन, अर्को बैठकले टुंगो लगाउने

काठमाडौं,१२ वैशाख

सरकारले थप गरेको लकडाउनको अवधि वैशाख १५ गते सकिँदैछ। यसबारे आजको मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइएको थियो।

अबको लकडाउनको मोडालिटी कस्तो बनाउने भन्नेबारे चर्चा यसअघि देखि नै हुँदै आएको थियो। तर शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा लकडाउनबारे कुनै छलफल नभएको एक मन्त्रीले जानकारी दिए।

आजको बैठक सरकारले जारी गरेको अध्यादेश केन्द्रीत भएको उनको भनाइ थियो। सर्वत्र विरोध भएपछि सरकारले गत सोमबार जारी गरेको दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।

लकडाउनबारे भने अर्को बैठकमा छलफल हुने बताइएको छ। सरकारले थप गरेको लकडाउनको अवधि सोमबार सकिँदैछ।