
एजेन्सी, १२ वैशाख।
पहिलो पटक कोरोना भाइरसको भ्याक्सिन जनावरमा सफल परीक्षण भएको छ । कोरोना भाइरसबाट संक्रमित ८ वटा बाँदरमा यसको सफल परीक्षण भएको हो । कोरोना भाइरसबाट संक्रमित बाँदरलाई उक्त भ्याक्सिनबाट बचाउन सफल भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
एक चिनियाँ औषधि कम्पनीले यो सफलता हासिल गरेको हो। यस कम्पनीले रेसस मकाउ बाँदर अर्थात् रातो मुख भएको बाँदरमा यो भ्याक्सिन परीक्षण गरेकाे हाे । अनुसन्धानमा उक्त बाँदरमा कोरोना भाइरसको संक्रमण नरहेको निष्कर्ष आएको छ । कम्पनीले अप्रिल १६ देखि मानवमा पनि यो खोप परीक्षण सुरु गरेको छ।
चीनको राजधानी बेइजिंगमा औषधी निर्माता सिनोवाक बायोटेकले ८ वटा बाँदरमा यो भ्याक्सिनको परीक्षण गरेको थियो ।
तीन हप्ता पछि उनीहरुले ती बाँदरहरूको चेकजाँच गरेका थिए ।
बाँदरहरूको फोक्सोमा इंजेक्सन गरिएको थियो। तीन हप्ता पछि सबै कोरोना भाइरस संक्रमणबाट मुक्त भएको रिपोर्टमा उल्लेख छ ।
सबैभन्दा धेरै डोज दिइएको बाँदरमा कोरोना भाइरसको कुनै लक्षण वा प्रमाण उसको फोक्सो वा शरीरमा कतै नदेखिएको उनीहरुको दाबी रहेको छ।
For the first time, one of the many #COVID19 vaccines in development has protected an animal, rhesus macaques, from infection by the new coronavirus, scientists report. https://t.co/AzFfTHLfWt @pulitzercenter
— News from Science (@NewsfromScience) April 23, 2020