लकडाउनमा मौका छोप्दै चोर ,भक्तपुरमा सुनसहित ५ लाख बराबरको चोरी

लकडाउनमा मौका छोप्दै चोर ,भक्तपुरमा सुनसहित ५ लाख बराबरको चोरी

भक्तपुर,१२ वैशाख।

लकडाउनका समयमा भक्तपुरमा चोरी भएको छ ।

चाँगुनारायण नगरपालिका(९ ताथली फैढोका बस्ने धुर्व गिरीको घरबाट सुनका विभिन्न गहना र नगद ३५ हजार रुपैयाँ समेत गरी करिब ५ लाख ८७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।