गैंडाकोटमा हावाहुरीले खोर भत्किदा दुईजनाको मृत्यु

गैंडाकोटमा हावाहुरीले खोर भत्किदा दुईजनाको मृत्यु

नवलपुर , ११ जेठ

आइतबार साँझ आएको हावाहुरीले नवलपुरको गैंडाकोटमा खोर भत्किएर दुईजनाको ज्यान गएको छ । गैंडाकोट ६ मा खोर भत्किदा  घाइते भएका ३५ वर्षीय काशीराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको उपचारका क्रममा भरतपुरमा निधन भएको हो ।
त्यस्तै हावाहुरीले सहमति नेपालको भवनको छानो उडाएको छ । हावाहुरीबाट गैंडाकोटका विभिन्न स्थानमा थुप्रै रूखहरू ढलेका छन् । आँगनको रुख ढलेर वडा नम्बर -२ स्थित शम्भु गिरीको घरमा क्षति पुगेको छ । बृटिश क्याम्प नजिकै सालका रूखहरू ढल्दा स्थानीय वीरबहादुर पुनमगरको घरमा ठुलो क्षति पुगेको छ । स्थानीय गीता गुरुङ घाइते भएकी छन् । हावाहुरीले गैंडाकोटका विभिन्न स्थानमा लगाइएको तरकारी खेती र बालीनालीलाई पनि क्षति पुगेको छ ।