खैरहनी नगरपालिकाको नगर सभा – आर्थिक र विनियोजन विद्येयक संसोधन

खैरहनी नगरपालिकाको नगर सभा – आर्थिक र विनियोजन विद्येयक संसोधन

माघ ११ गते । खैरहनी नगरपालिकाको छैटौ नगर सभा शनिवार सम्पन्न भएको छ । हिउँदे अधिवेशनको रुपमा लिईने नगर सभाले संसोधन आर्थिक विद्येयक र संसोधित विनियोजन विद्येयक सहित विभिन्न ८ वटा निर्णय पारित गरेको छ । नगर प्रमुख लालमणी चौधरीको अध्यक्षतामा भएको नगर सभामा नगर सभा सदस्य सचिव एवंम् प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले संसोधित विद्येयक सभामा पेश गरेका थिए । नगर सभामा नगर प्रमुख लालमणी चौधरीले सार्वजनिक महत्वका विषयमा रहेको भुकम्प पीडितहरुको गुनासो संवोधनका लागि धेरै छुट भएकाले छुट भएकाहरुको गुनासो संवोधन गर्न सम्वन्धीत निकायममा अनुरोध गर्ने र जनप्रतिनिधी र सामुदायिक विद्यालयका शिक्षकहरुलाई आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न अभिप्रेरित गर्न प्रस्ताव पेश गरिएकोमा सर्वसम्मतीले पारित भएको थियो ।

नगर सभाले चालु आर्थिक वर्षको वजेट संसोधन गरेर ९० करोड ७४ लाख ७१ हजार रुपैया पुर्याएको छ । गत असारको नगर सभाले ८० करोड ६० लाख ५१ हजार बरावरको वजेट पारित गरेको थियो । छैटौ नगर सभाले ८ करोड १४ लाख १९ हजार रुपैया बरावरको वजेट वृद्धी गरेको हो । संरक्षित वन रोयल्टी वापतको १७ लाख ३५ हजार ,नगद मौज्दात वढेर ८ करोड ५४ लाख पुग्दा चालु आर्थिक वर्षको वजेट ९० करोड पुगेको प्रमुख प्रशासकीय अधिकृत शर्माले वताए । अवैध उत्खनन वापत प्राप्त हुने राजस्व यसअघि वजेटमा समावेश नगरिएकोमा यस नगर सभाले वजेटमा राखेको छ । नगर सभाले वडा तर्फ योजना संसोधन गरेर ४१ र शाखागत तर्फ संसोधन गरेर १३ वटा योजना कायम गरेको छ । नगर सभामा विभिन्न ८ वटा विषयत समितिहरुको प्रगति प्रतिवेदन समेत पेश भएको थियो । न्यायिक समितिको तर्फबाट उपप्रमुख समेत रहेकी न्यायिक समिति संयोजक सुनिता थपलिया,लेखा समितिको तर्फबाट संयोजक टिकाराम तिमल्सीना,विद्येयक समितिको तर्फबाट संयोजक देववहादुर वस्नेत,आर्थिक विकास समितिको तर्फबाट संयोजक कारीराम चौधरी,वातावरण तथा विपद व्यवस्थापन समितिको तर्फबाट संयोजक भूमि प्रसाद कडेंल,सार्वजनिक सेवा तथा क्षमता विकास समितिको तर्फबाट संयोजक टिकादत्त इटनी ,सामाजिक विकास समितिको तर्फबाट संयोजक मनेजर महतो र पूर्वाधार विकास समितिको तर्फबाट संयोजक होमकुमार पुनले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।