शसस्त्रका पार्कीले जिते म्याराथनको उपाधि

शसस्त्रका पार्कीले जिते म्याराथनको उपाधि

माघ ११ गते । भारतीय सेनाका अनिश थापालाई पराजीत गर्दै शसस्त्र प्रहरी वलका गोपीचन्द्र पार्कीले म्याराथन दौडको उपाधि जितेका छन् । रोटरी क्लव अफ रत्ननगरले भ्रमण वर्षको अवसर पारेर दौडको आयोजना गरेको थियो । १५ किलो मिटरको दौडमा उपाधि जितेका ३० वर्षिय पार्कीले नगद ५० हजार रुपैया प्राप्त गरे । उपाधी जित्ने क्रममा पार्कीले कुल दुरी ४२ मिनेट ३५ सेकेण्डमा पुरा गर्दा द्धितिय भएका अनिष थापाले ४२ मिनेट ४१ सेकेण्डमा पार गरे । थापाले चार पटक सम्म लिगलिगे दौडको उपाधी जितिसकेका छन् । पार्की गत १३ औं सागमा दौडको स्वर्ण विजेता समेत हुन् । प्रतियोगितामा त्रिभुवन आर्मीका दिपक अधिकारीले ४४ मिनेट ११ सेकेण्डमा दौड पुरा गरेर तेस्रो भए । प्रतियोगितामा प्रथम हुने पार्कीलाई ५० हजार पुरस्कार सहित चाँदीको तक्मा र प्रमाणपत्र,द्धितीय हुने मगरलाई २५ हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र र तृतीय हुने अधिकारीलाई १५ हजार नगद पुरस्कार सहित चाँदीको तक्मा र प्रमाणपत्र प्रदान गरिएको रोटरी क्लव अफ रत्ननगरका सचिव सुरेन्द्रनाथ रेग्मीले जानकारी दिए । प्रतियोगितामा पुरुष १४९ जना,महिला १२१,चेपाङ ७९ र विदेशी ३ जना गरी ३५३ जनाले सहभागिता जनाएका थिए । निपनी स्थित होटल स्टार ब्यन्क्युटमा आयोजित कार्यक्रममा रोटरी क्लवका डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठ,रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेल र मिस नेपाल अर्थले सयुक्त रुपमा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा रोटरीका पूर्व डिष्ट्रक गर्भनर संजय गिरी,पूर्व असिष्टेन गर्भनर राजेन्द्र कुमार श्रेष्ठ,इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रविन कार्की,रवि बराल लगायतले मन्तव्य राखेका थिए ।