चितवन राष्ट्रिय निकुञ्जमा अर्नाले जन्मायो बच्चा (भिडियो सहित)

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाले जन्मायो बच्चा (भिडियो सहित)

चितवन,१० मंसिर ।

चितवन राष्ट्रिय निकुञ्जको कोर इलाकामा पर्ने पदमपुर फाँटामा रहेको ईन्क्लोजरमा एउटा अर्नाले वच्चा जन्माएको छ । अर्नाले आइतबार बच्चा जन्माएको हो । बच्चा स्वस्थ रहेको निकुञ्जले जनाएको छ ।यससंगै हालसम्म चितवन राष्ट्रिय निकुञ्जको इन्क्लोजरमा अर्नाका ५ वटा बच्चा जन्मिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । अहिले जन्मिएको बच्चा यस आ.व. को पहिलो वच्चा हो । कोसिटप्पु वन्यजन्तु आरक्षबाट ल्याएको १२ र सदर चिडियाखानाबाट ल्याएको ३ वटा गरि निकुञ्जमा रहेका १५ वटा अर्नामध्ये बाढी, प्राकृतिक बिपत्ति र बाघको आक्रमणले गर्दा ६ वटा अर्नाको मृत्यु भई भएको थियो । पदमपुर फाँटामा ७ पोथी र २ भाले अर्ना गरी जम्मा ९ वटा बाँकी रहेकोमा हालसम्म नवजात ५ वटा अर्ना थपिएर अर्नाको जम्मा संख्या १४ पुगेको छ । नवजात अर्नाहरुमा ३ वटा भाले र एउटा पोथी हो । आइतबार जन्मिएको अर्नाको लिङ्ग पहिचान नभएको निकुञ्जका सूचना अधिकारी अधिकारेले बताए ।