चितवनका १४९ जनामा डेंगुको संक्रमण

चितवन, १० पुुष ।
यस आर्थिक बर्ष २०७७÷७८ मा चितवनका १४९ जना विरामीमा डेंगुको संक्रमण पुष्टि भएको छ । १ हजार ६४१ जनाको परिक्षण गर्दा १४९ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । १४९ संक्रमितमध्ये महिला ५४ जना र पुरुष ९५ जना छन् । यस बाहेक जिल्ला बाहिरबाट आएका ९४ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले बताए ।
डेंगुुबाट कसैको मृत्यु भएको छैन । गत आर्थिक बर्ष २०७६÷७७ मा चितवनमा ४ हजार ८ सय ३ जनामा डेंगुु संक्रमण भेटिएको थियो । डेंगुको संक्रमणका कारण तीन जना विरामीको मृत्यु भएको थियो । चितवनमा गत बर्ष नै डेंगुले महामारी लिएकाले यस बर्ष डेंगुका विरामी कम भेटिएको उनले बताए । उनका अनुसार डेंगुले हरेक ३÷३ बर्षमा महामारी लिने गर्छ ।
त्यस्तै, जिल्लाका १४९ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । यस बाहेक जिल्ला बाहिरबाट आउने १३७ जनामा पनि स्क्रब टाइफस भेटिएको उनले बताए । स्क्रब टाइफसबाट यस आबमा एक जनाको मृत्यु भइसकेको छ । गत आर्थिक बर्षमा १२७ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएकोमा २ जनाको मृत्यु भएको थियो ।