चितवनमा घट्दै कोरोना संक्रमण : १० दिनमा २ संक्रमितको मृत्यु

चितवनमा घट्दै कोरोना संक्रमण : १० दिनमा २ संक्रमितको मृत्यु

चितवन, १० पुुष ।
चितवनमा कोरोना संक्रमणको दर घट्दै गएको छ । पुष लागेयता १० दिनको अवधिमा २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म चितवनका १०१ जना संक्रमितको मृत्यु भएको छ । गत मंसिरमा १६ जना संक्रमितको मृत्यु भएकोे थियो भने, कार्तिकमा सबैभन्दा धेरै ४४ संक्रमितको मृत्यु भएको थियो ।
पछिल्लो १० दिनको अवधिमा चितवनका १४९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । यसअघि कार्तिकमा सबैभन्दा बढी २ हजार १ सय ५८ जनामा संक्रमण देखिएको थियो । मंसिरमा ८६३ जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म ६ हजार २ सय ९० जनामा संक्रमण पुष्टि भएको छ ।
हाल २६९ संक्रमित सक्रिय छन् । उनीहरु विभिन्न अस्पताल तथा होम आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् । एक महिना अगाडिसम्म चितवनमा कोरोनाका सक्रिय संक्रमित ८५५ जना थिए ।