शुक्रबार नेपालमा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि,९ जनाको मृत्यु

काठमाडौं, १० पुस ।

शुक्रबार नेपालमा थप ६०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ भने हालसम्म १८सय १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै  नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८९२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ ।

यस्तै हालसम्म ३६९ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ३९२ जनाको पीसीआर परीक्षण गरिएको छ ।