अवरुद्ध बिपी राजमार्ग ९ घन्टापछि खुल्यो

अवरुद्ध  बिपी राजमार्ग  ९ घन्टापछि खुल्यो

सिन्धुली,१३ फागुन ।

सोमबार बिहानबाट अबरुद्ध वीपी राजमार्ग ९ घन्टापछि खुलेको छ। सवारी साधनको ठक्करले पैदलयात्री नन्दलाल श्रेष्ठको मृत्यु भएपछि दिनभर अवरुद्ध भएको सडक सोमबार अपराह्नपछि मात्रै सुचारु भएको हो।

श्रेष्ठलाई ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएर कार्वाही गर्न माग गर्दै स्थानीयले दिनभर सडक अवरुद्ध गरेका थिए। जिल्लाको गोलन्जोर गाउँपालिका(७ तल्लोबाराका स्थानीय ५० वर्षिय श्रेष्ठलाई सोही ठाउँको पलाँसेचोकस्थित अन्तरगमा सावारीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। सेना, सशस्त्र र नेपाल प्रहरीले ९ घन्टाको प्रयासपछि अवरुद्ध सडक दिउँसो ३ बजेपछि खुलेको हो।

गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्की, मृत्तकका आफन्त र स्थानीय प्रशासनवीच दोषीलाई तत्काल कार्वाही गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपपछि राजमार्ग सुचारु भएको सिन्धुली प्रहरी प्रमुख रञ्जु सिग्देलले जानकारी दिइन्। मृत्तको शवसहित स्थानीयले सडक अबरुद्ध गरेपछि सोमबार बिहान पाँच बजेदेखि वीपी मार्गमा कुनै सवारी चल्न सकेनन्। हरियो तरकारी विक्री गर्न खुर्कोट बजारतर्फ पैदल जाँदै गर्दा श्रेष्ठलाई सडककमा गाडीले ठक्कर दिएको थियो। स्थानीयले उनलाई उनी मृत्त अवस्थामा भेटेका थिए।

ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन। श्रेष्ठलाई ठक्कर दिएको आशंका उदयपुर प्रहरीले एउटा मिनि ट्रकलाई नियन्त्रणमा लिएको छ। चालक फरार भएको अवस्थामा स १ च ५४२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धानका अघि बढाइएको प्रहरी प्रमूख सिग्देलले बताइन्। सहमतिपछि श्रेष्ठको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ।

शहीद ऋषिराज देबकोटा ९आजाद०को ३९ औं स्मृती सभामा सहभागी हुन सिन्धुली आउँदै गरेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल वीचबाटो बाटै फर्किए। श्रेष्ठको मृत्यु भएपछि राजमार्ग अवरूद्ध हुँदा उनी कार्यक्रममा सहभागी हुन सकेनन्।

दिनभर राजमार्ग अवरुद्ध भएपछि पोखरेल सिन्धुलीको सुनकोसी गाउँपालिका(५ रामटारबाटै काठमाडौं फर्किए। नेकपा सिन्धुलीले कमलामाई नगरपालिका(९ भिमानस्थित आजाद स्मृति भवनमा स्मृतिसभा आयोजना गरेको थियो। सडक सुचारु हुन नसक्दा कार्यक्रमका प्रमूख अतिथि वीच बाटोबाटै फर्किएका जिल्ला सचिव तथा प्रदेशसभा सदस्य प्रदीप कटवालले बताए। पोखरेल सहभागी हुन नसकेपछि नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेललाई प्रमूख अतिथि बनाएर दिउँसो ३ बजेपछि कार्यक्रम सञ्चालन गरियो।