चेपाङ मार्गबाट गाँजासहित ४ जना पक्राउ

 चेपाङ मार्गबाट गाँजासहित ४ जना पक्राउ

फागुन १३ गते । चितवनको राप्ती नगरपालिकाबाट लागू औषध गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बोलेरो गाडीमा लुकाई छिपाई भण्डारा तर्फ ल्याउँदै गरेको अवस्थामा चालकसहित ४ जनालाई १७ किलो गाँजासहित राप्तीको चेपाङ मार्गबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक शुसिल कुमार पाण्डेले वताए । पक्राउ पर्नेमा राप्ती नगरपालिका ११ का टिकाराम स्याङ्वो,सिंहवहादुर घलान ,बाबुराम स्याङ्वो तथा बोलेरो चालक मकवानपुर राक्सिराङ ७ का युवराज तामाङ रहेका छन् । तीन जनाले चार वटा झोलमा सो परिणामको गाँजा लुकाई छिपाई ल्याईरहेका थिए । सो वोलेरो यात्रु वोक्न प्रयोग हुदै आएको छ । नियन्त्रणमा लिईएको गाडी,गाँजा र पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय खैरहनीको जिम्मा लगाईएको प्रहरी निरीक्षक पाण्डेले वताए।