कोरोना त्रास : सेनाले स्थगित गर्यो घोडेजात्रा
प्रकाशित मिति: बुधबार, चैत्र १२, २०७६ | १०:२८:४५
काठमाडौं,१२ चैत्र ।
नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा मनाउने घोडेजात्रा यो बर्ष स्थगित गरेको छ ।
सेनाको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई मध्यनजर गर्दै यस वर्ष स्थगित गरिएको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।
नेपाली सेनाले परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितिमा आयोजना गर्ने योजना गरिएतापनि कोरोना भाईरस ९कोभिड १९० संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि नेपाल सरकारद्वारा चैत्र १० गते सो को रोकथाम र निर्मुल गर्न लिइएको निर्णय बमोजिम समारोह स्थगित गरिएको जनाएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र १२, २०७६ |
१०:२८:४५
595