अमेरिकामा कोरोना संक्रिमत ८ सयको मृत्यु,अर्को इपिसेन्टर हुन सक्ने

अमेरिकामा कोरोना संक्रिमत ८ सयको मृत्यु,अर्को इपिसेन्टर हुन सक्ने

वासिङ्टन,१२ चैत्र ।

संयुक्त राज्य अमेरिकाले घातको दिनको सामना गर्नुपरेको छ । हालसम्म अमेरिकामा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८०० पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले संक्रमण निकै तीव्र गतिमा भइरहेको उल्लेख गर्दै अमेरिका विश्वको कोरोना महामारीको अर्को इपिसेन्टर बन्‍नसक्ने बताएको छ ।

विश्व स्वास्थ्य संगठनले पहिलो इपिसेन्टर पहिलोपटक नोभेल कोरोना भाइरस देखिएको चीनलाई मानेको थियो । त्यसपछि कोरोनाबाट अहिलेसम्म धेरै मानिसको मृत्यु भएकाले युरोपको इटालीलाई इपिसेन्टर बनेको थियो ।

अमेरिका कोरोना प्रकोपको सुरुवाती चरणमा छ । स्वास्थ्य अधिकारीहरुले आगामी सातासम्म अमेरिकाको अवस्था निकै खराब भइसक्ने चेतावनी दिएका छन् । न्युयोर्कका गर्भनर एन्ड्रियु कोमोले राज्यमा संक्रमितको संख्या निकै बढिरहेको बताएका छन् ।

संयुक्त राज्यभर करिब ५५ हजारलाई संक्रमण भएको छ । त्यसमा सबैभन्दा बढी न्युयोर्क र क्यालिफोर्निया बढी संकटमा छन् । अमेरिकाका धेरै राज्यहरुले लकडाउन घोषणा गरेका छन् भने अधिकांश राज्यहरुमा घरबाट बाहिर ननिस्किन आदेश जारी गरिएको छ । – बीबीसी