न्युयोर्कमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु
प्रकाशित मिति: बुधबार, चैत्र १२, २०७६ | ११:५८:२३
काठमाडौं, १२ चैत्र
कोरोना भाइरस (कोडिभ—१९) संक्रमणबाट अमेरिकाको न्युयोर्क सहर निवासी एक नेपालीको मृत्यु भएको छ।
पाँचथर कुम्मयाक गाँउपालिका-९ का ५० वर्षीय अनिलको मृत्यु भएको उनका दाइ खगेन्द्र सम्बाहाम्फेले पुष्टि गरेका छन्।
अनिलको मृत्युबारे खगेन्द्रलाई पनि उनका माइला भाइले हङकङबाट जानकारी दिएका हुन्।
‘माइलाको फोन आएको थियो। ७ दिन अघि अस्पतालको आइसियूमा राखेको थियो,’ खगेन्द्रले भने,’कोरोनाभाइरसको कारण मृत्यु भएको भनेको छ।’
अनिल १८ वर्षदेखि न्युयोर्कमा ट्याक्सी चलाउने काम गर्थे भने उनका दुई छोरा र एक छोरी पनि उतै बस्छन्।
अनिल मधुमेहका रोगीसमेत रहेको उनका दाइ खगेन्द्रले बताए।
यसअघि बेलायतको लन्डनमा एकजना पूर्व गोर्खा सैनिकको कोरोना भाइरसबाट ज्यान गएको थियो।
प्रकाशित मिति : बुधबार, चैत्र १२, २०७६ |
११:५८:२३
661