गायिका कनिका कपूरको कोरोना रिपोर्ट तेस्रो पटक पोजेटिभ
प्रकाशित मिति: बुधबार, चैत्र १२, २०७६ | १२:१६:०२
काठमाडौं,१२ चैत्र ।
भारतीय गायिका कनिका कपूरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’ आएको छ । कनिका कपूरको हेरचाहका लागि ६ नर्स खटाइएको र उनीहरु चाररचार घण्टाको सिफ्टमा काम गरिरहेको बीबीसी हिन्दीमा खबर प्रकाशित छ ।
केहि दिन अगाडि सम्म उनी शपिङ गर्ने, होटल जाने तथा पार्टीमा जाने जस्ता काम गरिरहेकी नै थिइन् ।
यस अगाडिको रिपोर्टमा पुरुष भनिएको भन्दै कनिकाले आफ्नो परिक्षण रिपोर्टमा गल्ती भएको बताएकी थिइन्।
उनलाई भारतको लखनउस्थित किंग जर्ज मेडिकल युनिभर्सिटीको पहिलो रिपोर्टमा ‘पुरुष’ भनिएको करिनाले स्वयं नै बताएकी थिइन् ।
त्यसपछि उनको पुनः दोश्रो स्याम्पल लिएर परिक्षण गरिएको थियो । जसमा फेरी पनि उनमा कोरोनाको पोजेटिभ पाईएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र १२, २०७६ |
१२:१६:०२
1585