चितवनमा लकडाउन उलंघन गर्ने १५ जना पक्राउ

चितवनमा लकडाउन उलंघन गर्ने १५ जना पक्राउ

चितवन , १२ चैत। 
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको उलंघन गर्ने १५ जनालाई चितवन प्रहरीले फक्राउ गरेको छ । प्रशासनको आग्रह विपरित अनावश्यक रुपमा निस्केका १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

फक्राउ पर्नेहरुमा १ जना महिला र १४ जना पुरुष रहेका छन् । उनीहरुलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।