लकडाउन उलंघन गर्ने २३३ वटा सावरीसाधन प्रहरी नियन्त्रणमा

लकडाउन उलंघन गर्ने २३३ वटा सावरीसाधन प्रहरी नियन्त्रणमा

चितवन , १२ चैत। 
नेपालमा कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सरकारले घोषणा गरेको लकडाउनको उलंघन गर्ने २३३ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको विभिन्न स्थानमा अत्यावश्यक सेवा बाहेकका व्यक्तीहरुले चलाएका सवारी साधनहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

२३३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको र १५ वटा मोटरसाइकलको चावी लिएर सवारीसाधन पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए । लकडाउन उलंघन गर्नेमा दुईपाङ्ग्रे सवारीसाधन धेरै रहेको छ । २४८ वटा सवारीसाधन मध्य २३३ वटा मोटरसाइल तथा स्कुटर रहेको प्रहरी निरिक्षक भट्टले बताए ।