कोरोना भएका व्यक्ति चैत ६ मा कतारबाट आएका थिए: स्वास्थ्यमन्त्री ढकाल

कोरोना भएका व्यक्ति चैत  ६ मा कतारबाट आएका थिए: स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं,१२ चैत्र ।

आज कोरोना संक्रमण पुष्टि भएका व्यक्ति ६ चैतमा कतारबाट आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन्।

मन्त्रालयले बुधबार आयोजना गरेको भर्चुअल प्रेसमिटमा मन्त्री ढकालले ती व्यक्ति कतारबाट आएर एक होटलमा बसेको बताए।

धादिङका ३२ वर्षीय उनी स्वास्थ्यमा समस्या आएपछि मंगलबार टेकु अस्पताल पुगेका थिए। परीक्षणमा उनलाई कोरोना भाइरस ९कोभिड–१९० पुष्टि भएको थियो।

उनी बसेको होटल र सम्पर्कमा रहेका व्यक्तिको खोजतलास र परीक्षणको काम भइरहेको ढकालले बताए।

उनको सम्पर्कमा रहेका सबैलाई क्वारेनटाइनमा राखिने स्वास्थ्यमन्त्री ढकालको भनाइ छ।