कोरोनाको कहरः अमेरिकामा ९ लाख संक्रमित हुँदा मृतक संख्या ५२ हजार नाघ्यो

कोरोनाको कहरः अमेरिकामा ९ लाख संक्रमित हुँदा मृतक संख्या ५२ हजार नाघ्यो

एजेन्सी, १३ वैशाख ।

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । त्यहाँ संक्रमित संख्या ९ लाख नाघेको तथ्यांक छ ।

९ लाख २५  हजार संक्रमित भएका छन् भने ५२ हजार १ सय ८५ को मृत्यु भएको छ । स्पेनमा २२ हजार, इटालीमा २५ हजार, फ्रान्समा २२ हजार, जर्मनीमा ५ हजार, बेलायतमा १९ हजार, टर्कीमा २ हजार, इरानमा ५ हजार, चीनमा ४ हजारभन्दा बढीको मृत्यु भएको छ । रुसमा ६८ हजार संक्रमित भइसक्दा मृतक संख्या ६१५ मात्र पुगेको छ ।

यसैगरी, विश्वभर कोरोना भाइरस संक्रमित संख्या २८ लाख नाघेको छ । मृतक संख्या १ लाख ९७ हजार पुगेको छ ।