कोरोनाको संक्रमणबाट ५ महिनाकी बालिकाको ज्यान गयो

कोरोनाको संक्रमणबाट ५ महिनाकी बालिकाको  ज्यान गयो

काठमाडौं,१३ वैशाख ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । विश्वभरमा कोरोनाले सबैभन्दा बढी अमेरिकामा नै प्रभाव पारेको छ । हालसम्म अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ भने संक्रमितको संख्या ९ लाख २५ हजार भन्दा बढी रहेको छ ।

विश्वका अन्य देशमा भन्दा अमेरिकामा अहिले तिव्र गतिमा कोरोनाभाइरस फैलिरहेको छ । यस्तै हालै अमेरिकामा एक पाँच महिनाकी बालिकाको कोरोनाका कारण मृत्यु भएको छ ।

अमेरिकाको न्यूयोर्क सिटीमा अग्नि नियन्त्रक खेरेल ला सान्ता र शिक्षा बोर्डकी कर्मचारी लिन्ड्से ला सान्ताकी पाँच महिनाकी छोरीको कोरोनाका कारण मृत्यु भएको हो ।एक महिनासम्म अस्पतालमा उपचार गराउदै गर्दा उनले कोरोनालाई जित्न सकेनन् । उनलाई मार्च २१ मा ज्वरो आएपछि न्यूयोर्कको अस्पताल भर्ना गरिएको थियो ।