कोरोनाका कारण बेलायतमा जुम्ल्याहा दिदीबहिनीको मृत्यु

कोरोनाका कारण बेलायतमा जुम्ल्याहा दिदीबहिनीको मृत्यु

काठमाडौं,१३ वैशाख

कोरोनाभाइरसका कारण बेलायतमा तीन दिनको अन्तरालमा जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको छ। ३७ वर्षका उनीहरुको साउथह्याम्पटन जनरल अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ।

बच्चाको नर्स रहेकी केटी डेभिसको मंगलबार मृत्यु भएको हो भने पूर्व नर्स उनकी जुम्ल्याहा एमाको शुक्रबार विहान मृत्यु भएको हो। उनीहरुकी बहिनी जोले भनिन्, ‘उनीहरु दुवै जना संसारमा सँगै हामी आएका जाँदा पनि सँगै जानेछौं भनिरहन्थे।’

उनीहरु दुवैलाई एकै किसिमको स्वास्थ्य समस्या भएको र केही समयदेखि अस्वस्थ रहँदै आएको जोले बताएकी छिन्।