आन्तरिक तथा अन्तराष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द गर्ने समितिको निष्कर्ष

आन्तरिक तथा अन्तराष्ट्रिय उडान जेठ २ गतेसम्म  बन्द गर्ने समितिको निष्कर्ष

काठमाडौँ,१३ वैशाख ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ २ गतेसम्म हवाई उडान बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । शनिबार सिंहदरबारमा बसेको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको समितिका सचिव नारायण विडारीले जानकारी दिएका छन् ।

सरकारले वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो। उक्त समय थप बढाएर जेठ २ सम्म पुर्‍याइएको हो।

त्यस्तै, समितिले लकडाउनले नै कोरोना नियन्त्रणमा रहेको निष्कर्ष निकाल्दै अझै लकडाउनको अवधि लम्ब्याउनुपर्ने समितिले निष्कर्ष निकालेको छ ।

समतिले यस्तो निष्कर्ष निकाले पनि निरन्तरता दिने वा नदिने भन्नेबारेमा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।