चितवनका कोरोना संक्रमित एकजना निको भए ,अस्पतालबाट डिस्चार्ज

चितवनका कोरोना संक्रमित एकजना निको भए ,अस्पतालबाट डिस्चार्ज

चितवन , १३ बैशाख

चितवनमा कोरोना संक्रमण देखिएका दुई जनामध्य एकजनालाई निको भएको छ । राप्ती नगरपालिका ८ निवासी २७ बर्षिय युवामा दास्रो पटक परिक्षण गर्दा कोरोना नेगेटिभ देखिएको हो । चैत ३ गते बेलायतबाट नेपाल आएका युवा र उनको आमामा बैशाख ५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना संक्रमित भएका आमा छोरामध्य छोरालाई निको भएको र आमामा भने कोरोना पोजेटिभ नै देखिएको छ । युवामा कोरोना नेगेटिभ देखिएपछि उनलाई आज डिस्चार्ज गरिएको भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले जानकारी दिए । दोस्रो पटक समेत पोजेटिभ देखिएकी महिलाको भने उपचार जारी रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा तिवारीले बताए । डिस्चार्ज भएका युवा भने घर गएका छैनन् । उनी घर नगई अस्पतालमै आमाको कुरुवाको रुपमा बस्न चाहे अनुसार अहिले अस्पतालमै रहेका छन् ।