खैरहनीका वडा सदस्य सुवेदीको निधन,शोकमा नगरपालिका वन्द

खैरहनीका वडा सदस्य सुवेदीको निधन,शोकमा नगरपालिका वन्द

माघ १२ गते । खैरहनी नगरपालिका वडा नम्वर ३ का वडा सदस्य तोयानाथ सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित सुवेदीको शनिवार अपरान्ह निधन भएको वडा अध्यक्ष पूर्ण वहादुर गुरुङले वताए । उनको आफ्नै निवासमा निधन भएको हो । वडा सदस्य सुवेदीको निधनमा आईतवार एक दिन खैरहनी नगरपालिका र नगरपालिका अन्र्तगतका सवै वडा कार्यालयको सेवा वन्द गरिएको छ । आईतवार विहान खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीको अध्यक्षतामा वसेको कार्यपालिकाको आकस्मिक वैठकले एक दिन कार्यालय र यस अन्र्तगतका वडा कार्यालय वन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले जानकारी दिए । नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा वन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगरपालिकाले क्षमा पनि मागेको छ । साथै खैरहनी ३ को वडा कार्यालयमा ३ दिन राष्ट्रिय झन्डा आधा झुकाउने समेत निर्णय भएको छ । यसैबीच खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले शोक वक्तव्य जारी गर्दै वडा सदस्य सुवेदीको निधन प्रति समवेदना प्रकट गरेका छन् ।