खैरहनीको गवैंमा माछापुच्छ्रे बैकंको सेवा केन्द्र

खैरहनीको गवैंमा माछापुच्छ्रे बैकंको सेवा केन्द्र

चितवन , १२ माघ  ।
माछापुच्छ्रे बैंक लिमिटेडमा आफ्नो सेवा केन्द्र चितवनको गवैंमाविस्तार गरेको छ । बैंकको पर्सा शाखाले खैरहनी नगरपालिका वडा नम्बर १३ को गवैंमा शाखा रहित बैकिङ सेवाको सुरुवात गरेको हो । सेवा केन्द्रको आज खैरहनी नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले उद्घाटन गरेका छन् ।

बैकंको १४६ औं शाखा रहित बैकिङ सेवा केन्द्रको रुपमा गवैंमा सेवा केन्द्र सुभारम्भ गरिएको बैंकको पर्सा शाखाका प्रमुख भानुभक्त अधिकारीले जानकारी दिए । गाँउ गाँउमा बैंकिङ सेवा पुर्याउन बैंक लागिरहेको अधिकारीले बताए । पर्सा शाखाको यो दोस्रो ग्राहक सेवा केन्द्र्र हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खैरहनी नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले बैंकहरु बजार क्षेत्रमा मात्रै केन्द्रित हुन नहुने भन्दै गाँउ गाँउका जनताले सुरक्षित बैकिङ सेवाकोे उपयोग गर्न पाए मात्रै सहि अर्थमा देश विकासको गतिमा अगाडी बढेको चित्रित हुने बताए । बैंकको पर्सा शाखा प्रमखु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष बालकुमार उप्रेती , कुमरोज साना किसान सहकारी संस्थाका उपाध्यक्ष गितानाथ अर्याल , समाजसेवी लिलानाथ ढुगांना ,बैंकको जनसम्पर्क अधिकृत शम्भुराज शर्मा लगायतले मन्तव्य राखेका थिए ।