गजुरेलको पहलमा ४५ जना विद्यार्थीलाई स्टेशनरी र स्वीटर प्रदान

गजुरेलको पहलमा ४५ जना विद्यार्थीलाई स्टेशनरी र स्वीटर प्रदान

माघ १२ गते । खैरहनी नगरपालिका ७ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय सुल्तनामा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी र स्वीटर प्रदान गरिएको छ । खैरहनीकै समाजसेवी मुरली प्रसाद गजुरेलको पहलमा संकलित रकमले सो विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई स्टेशनरी र स्वीटर प्रदान गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अवस्था थाहा पाएपछि रोशन ताम्राकार,मुना ताम्राकार र आशकुमार ताम्राकारले गजुरेललाई रकम पठाएका थिए । विद्यालयमा आईतवार एक कार्यक्रमका बीच विद्यार्थीलाई स्टेशनरी र स्वीटर वितरण गरिएको थियो । वालविकास कक्षादेखी २ कक्षा सम्म अध्ययनरत ति विद्यार्थीहरुलाई उक्त सहयोग गरिएको हो । विद्यालय व्यवस्थाप समिति अध्यक्ष मायादेवी महतोको प्रमुख आतिथ्यतामा खैरहनी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवंम् शिक्षाप्रेमी घनश्याम प्रधान,कालिका मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक उत्तम अधिकारी,पत्रकारसहितको उपस्थितीमा वितरण कार्यक्रम भएको थियो ।

खैरहनी माध्यमिक विद्यालयमा स्थापित जन्मोत्सव तथा स्मृती छात्रवृत्ती अक्षयकोषका संयोजक समेत रहेका सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य कलावती गिरीले विद्यालयको अवस्थाका बारे जानकारी गराएकी थिईन् ।