दौलतपुरमा जङ्गली हरिण फेला

विराटनगर, ११ मङ्सिर ।
मोरङको रङ्गेली नगरपालिका–३ दौलतपुरमा जङ्गली हरिण भेटिएको छ । स्थानीय शिवकुमार मण्डलको पोखरी छेउमा चरिरहेको भाले हरिणलाई स्थानीयवासीले नियन्त्रणमा लिई आज बिहान प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोलीले हरिणलाई आमतोलास्थित सबडिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।जङ्गलबाट आएको हरिणले करिब ३० किमीको यात्रापार गरेको बताइएको छ । रासस