पछिल्लो २४ घण्टामा थपिए १६ सय १४ कोरोना संक्रमित, २३ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिए १६ सय १४ कोरोना संक्रमित, २३ को मृत्यु

काठमाडौं, ११ मङ्सिर ।

पछिल्लो २४ घण्टामा नेपालभर थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १४३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको छ ।

नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ । पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय १२ जना संक्रमितको मृत्यु भइसकेको छ।