कक्षा १२ को भौतिक विज्ञानको परीक्षा रद्द भएको छैन : परीक्षा बोर्ड

कक्षा १२ को भौतिक विज्ञानको परीक्षा रद्द भएको छैन : परीक्षा बोर्ड

चितवन, ११ मङ्सिर ।

कक्षा १२ को आज बिहिबार भएको भौतिक विज्ञान(२१०)को परीक्षा रद्द नभएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले स्पष्ट पारेको छ । राष्ट्रिय परीक्षा बोर्डको नामबाट जारी परीक्षा रद्द भएको सम्बन्धि सूचना लगायत भ्रमपुर्ण समाचारहरु विभिन्न सामाजिक सञ्जालहरुमा आएकोमा बोर्डले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डको आधिकारीक वेभसाइट बाहेकका समाचार माध्यम तथा सामाजिक सञ्जालमा आउने कुनै पनि सूचना तथा समाचारको भ्रममा नपर्न बोर्डले सूचित समेत गरेको छ । बोर्डले बिहिबार एक विज्ञप्ति जारी गरी भनेको छ–‘०७७ साल मंसिर ११ गते सञ्चालित कक्षा १२ को भौतिक विज्ञान(२१०) विषयको परीक्षा रद्द गरी ०७७ मंसिर १७ गते पुनः सञ्चालन गरिने सम्बन्धि राष्ट्रिय परीक्षा बोर्डको नामबाट जारी भएको सूचना लगायत विभिन्न भ्रमपूर्ण समाचारहरु सामाजिक सञ्जालहरुमा रहेको पाइएकोले त्यसतर्फ बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ ।’