निकुञ्जको मध्यवर्ती क्षेत्रमा ५ महिनाकी पोथी गैंडाको मृत्यु

निकुञ्जको मध्यवर्ती क्षेत्रमा ५ महिनाकी पोथी गैंडाको मृत्यु

चितवन , ११ मंसिर ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका वडा न १३ स्थित नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा रहेको स्वर्गद्ववारी घाटको पुछारको वन क्षेत्रमा आज अन्दाजी ५ महिनाको पोथी गैडा (केटी) को मृत्यु भएको छ । सो गैडा भाले गैँडाको आक्रमणको कारण मृत्यु भएको हुन सक्ने आँकलन गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । मृतक पोथी गैंडा (केटी)को ब्रम्हखाग तथा खुर सुरक्षित रहेको उनले बताए । यससंगै निकुञ्जमा यस आ.व. २०७७/७८ को हालसम्म मृत्युु हुने गैंडाको संख्या १५ पुगेको छ ।