चितवन कारागारबाट एक कैदि फरार

चितवन कारागारबाट एक कैदि फरार

चितवन,११ मंसिर।
जिल्ला कारागार कार्यालय चितवनको कार्यालय परिसरभित्रैबाट एक कैदि फरार भएका छन् । जबरजस्ति करणी मुद्धामा ०७७ साउन २० गते देखि कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ बर्षका कैदी रेशमलाल श्रेष्ठ आज बिहिबार करिब पाँच बजेको समयमा कार्यालय परिसरबाटै फरार भएका हुन् ।
फरार कैदीको प्रहरीले खोजि गरिरहेको कारागार कार्यालयका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए ।
कारागार कार्यालय परिसरमा दैनिक रुपमा चौरबाट कैदिबन्दीको संख्या गन्ति गरी कारागार भित्र प्रवेश गराउने क्रममा श्रेष्ठ फरार भएको भन्ने बुझिएको छ ।
फरार कैदीको कालो बर्ण र होचो कद रहेको छ । उनले खैरो ज्याकेट, ऊनिको चुच्चे टोपी, तलको ट्रयाकको साईडमा सेतो धर्का भएको कपडा लगाएको कारागारले जनाएको छ ।