ओली पक्षले लगाएको ताला प्रचण्ड पक्षले फोडे

ओली पक्षले लगाएको ताला प्रचण्ड पक्षले फोडे

चितवन, पुष ११ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको कृष्णपुरस्थित पार्टी कार्यालयमा ओली पक्षले लगाएको ताला प्रचण्ड–नेपाल पक्षले फोडेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली निकटका विद्यार्थी नेताहरुले आज बिहान पार्टी कार्यालय कब्जा गरि तालाबन्दि गरेका थिए । त्यसको केहिबेरपछि प्रचण्ड–नेपाल निकटका कार्यकर्ताहरु पुगेर कार्यालयमा लगाइएको ताला फोडेका हुन् ।
पार्टी कार्यालयमा पार्टीको हित विपरितका गतिविधि भएको भन्दै ओली पक्षले तालाबन्दि गरेको थियो । नेकपाको नेताहरुका गतिविधि अनुसार पार्टी विभाजन भइसकेको छ, तर औपचारिक रुपमा विभाजन हुन बाँकी छ ।