भरतपुर कारागारबाट फरार थुनुवा पक्राउ

भरतपुर कारागारबाट फरार थुनुवा पक्राउ

चितवन, ११ पुष ।
भरतपुर कारागारबाट फरार भएका कालिका–२ बस्ने बर्ष ४५ का थुनुवा रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका छ । बलात्कार मुद्धामा ०७७ साउन २० गते जेल चलान भएका श्रेष्ठ मंसिर ११ गते कारागार परिसरबाट नै फरार भएका थिए ।

फरार रहेको श्रेष्ठलाई प्रहरीको विशेष अनुसन्धान टोलिले हिजो शुक्रबार साँझ साढे ५ बजे तनहुँको देवघाट गाउपालिका वडा नं ५ कालिमाटीस्थित जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्रा प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए । थुनुवा श्रेष्ठलाई कारबाहीका लागि कारागार पठाइने उनले बताए ।