आँखाको उपचार सेवा सुरु गर्ने भरतपुर अस्पतालको तयारी

चितवन, ११ पुष ।
भरतपुर अस्पतालले आँखाको उपचार सेवा सुरु गर्ने तयारी थालेको छ । पुष अन्तिम सम्ममा आँखाको उपचार सेवा सुरु गर्ने तयारी भएको अस्पतालका निमित्त प्रमुख मेसु डा. जगन्नाथ तिवारीले जानकारी दिए ।
उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु खरिद गर्ने प्रकृयामा रहेको उनले बताए । उपचारका लागि स्वास्थ्य मन्त्रालयले दुई वटा चिकित्सकलाई भरतपुर अस्पताल पठाएको उनले बताए । हाललाई आँखाको सामान्य उपचार थालिने उनको भनाइ छ । यस सेवालाई विस्तारै बढाउँदै लैजाने उनी बताउँछन् ।
सबै उपचार सेवा एउटै अस्पतालबाट दिने सरकारी उद्देश्य अनुसार आँखाको उपचार सेवा सुरु गर्न लागिएको उनले बताए ।