ट्याक्टरबाट खसेर राप्तीमा एक पुरुषको मृत्यु

ट्याक्टरबाट खसेर राप्तीमा एक पुरुषको मृत्यु

चितवन, ११ पुष ।
गुडिरहेको ट्याक्टरबाट खसेर पुर्वी चितवनको राप्तीमा एक जना पुरुषको मृत्यु भएको छ ।

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती–५ स्थित हर्दिमा पुर्वतर्फ जाँदै गरेको ना १ त ७६७९ नंम्बरको ट्याक्टर बाट अचानक खस्दा खैरहनी–१० बस्ने बर्ष करिब ४५ को भाहडी महतोको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका महतोको उपचारको क्रममा मृत्यु भएको भट्टले बताए । ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा छन् ।