कठारमा किशोरी शिक्षा तालिम सुरु

कठारमा किशोरी शिक्षा तालिम सुरु

फागुन १४ गते । खैरहनी नगरपालिकाको कठारमा किशोरी शिक्षा तालिम बुधवारदेखी सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा वडा नम्वर १० को कठारमा मुसहर समुदायका किशोरीलाई लक्षित गर्दै तालिम सुरु भएको हो । खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवंम् वडा नम्वर ७ का वडाध्यक्ष मनेजर महतोले सिमान्तकृत समुदाय मुसहरहरुलाई मुलधारमा ल्याउन नगरपालिकाले विभिन्न कार्यक्रम गरिरहेको वताए । उनीहरुका लागि आवास निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै उनीहरुले मजदुरी गरेर कमाएको केही हिस्सा वचत गर्नु पर्नेमा जोड दिए । तालिमको पहिलो दिन नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले यौन तथा प्रजनन स्वास्थ्य तथा किशोरी अवस्थाका लक्षणहरु र गर्नु पर्ने क्रियाकलाप, महिला तथा वालवालिका शाखा प्रमुख कृष्ण कुमारी गुरुङ र विमला रानाभाटले जीवनउपयोगी शिप,आत्मजागरणका बारे सहजीकरण गरेका थिए ।

दोश्रो दिन महिनावारी चक्र,किशोरीहरुले सामना गर्नु पर्ने समस्या कारण र असर ,लिंगभेद र पारिवारीक निर्णय ,सुरक्षित मातृत्वमा परिवार र समुदायको भुमिकाका विषयमा सामाजिक विकास समिति संयोजक मनेजर महतो, महिला तथा वालवालिका शाखा प्रमुख कृष्ण कुमारी गुरुङ र विमला रानाभाटले सहजीकरण गर्नेछन् । तालिमममा मुसहर समुदायका २५ जना किशोरीहरु सहभागी छन् ।