पाठ्य संरचना सुधार गर्न सिफेनको माग

फागुन १४ गते । पाठ्य संरचना सुधारको माग गर्दै कम्प्युटर फ्याकल्टी एसोसियसन अफ नेपाल (सिफेन) ले राष्ट्रिय परिक्षा वोर्ड शाखा कार्यालय हेटौडामा ज्ञापन पत्र वुझाएको छ । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक शत्रदेखी पाठ्यसंरचनामा कक्षा ११ र १२ का विद्यार्थीले एच्छिक विषयको रुपमा समेत कम्प्युटर विज्ञान विषय पढ्न नपाउने व्यवस्था गरेको छ । त्यसको विरोधमा सिफेनले ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रिय परिक्षा वोर्ड शाखा कार्यालय हेटौडालाई ध्यानाकर्षण पत्र वुझाएको हो । सिफेनका अध्यक्ष हरि प्रसाद सापकोटाको नेतृत्वमा गएको टोलीले पत्र वुझाएको थियो । पाठ्यक्रम विकास केन्द्रले गरेको सो व्यवस्था सुधार गर्न १ साताको समय दिईएको छ । सो समय भित्र आवश्यक पहल नगरे कक्षा ११ र १२ को प्रयोगात्मक परिक्षामा वाह्य परिक्षकको रुपमा नगएर असहयोग गर्ने चेतावनी दिईएको छ ।