दार्चुलामा क्वारेन्टाइन छाडी भागे एकै परिवारका ४ जना

दार्चुलामा  क्वारेन्टाइन छाडी भागे एकै परिवारका ४ जना

दार्चुला,१३ चैत्र ।

दार्चुलामा क्वारेन्टाइनमा राखिएका चार जना क्वारेन्टाइन छोडेर भागेका छन् ।

जिल्लाको अपिहिमाल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका ८ जना मध्ये ४ जनाले क्वारेन्टाइन छोडेर भागेका हुन् । भारतको बङलोरबाट आएका एकै परिवारका ४ जनाले क्वारेन्टाइन छोडेर भागेको छन् ।

प्रहरीले रोक्ने प्रयास गरे पनि उनीहरू भाग्न सफल भएका थिए । उनीहरुलाई परामर्श दिइ गाउँपालिकाको वडा नम्बर ५ रेलामा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ ।