कोरोनाको कारण लण्डनमा चितवनका प्रशान्त अर्यालको मृत्यु

कोरोनाको कारण लण्डनमा  चितवनका प्रशान्त अर्यालको मृत्यु

कठमाडौं ,१३ चैत्र ।

कोरोना भाइरस संक्रमणबाट लण्डनमा अर्का एक जना नेपालीको मृत्यु भएको छ । गत सोमबार बिहान निधन भएका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमण भएको अस्पतालले पुष्टी गरेको हो ।

लण्डनमै रहेका मृतक अर्यालका नातेदार पदम कार्कीका अनुसार बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको हो । यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

चितवन पुख्र्यौली घर भएका मृतक अर्याल केही दिनदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो ।

स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो । मृतक अर्यालश्री मती, एक छोरी र एक छोरासहित लण्डनमा बस्दै आएका थिए । मृतक अर्यालका परिवार अहिले घरमै आइसोलेसनमा रहेका छन् ।