भरतपुर अस्पतालमा १० वेडको आईसियू संचालन गरिने

भरतपुर अस्पतालमा १० वेडको आईसियू संचालन गरिने

चैत १३ गते । कोभिड १९ का संक्रमित विरामीहरुलाई व्यवस्थापन तथा उपचारका लागि चितवनको भरतपुर अस्पतालमा १० वेडको आईसियू संचालन गरिने भएको छ । हाल संचालनमा रहेको न्युरो वार्डलाई आवश्यक उपकरणहरु थप गरि आईसियू वनाईने भएको हो । भरतपुर अस्पतालमा गठन गरिएको नोवेल कोरोना सक्रमण तथा व्यवस्थापनका लागि पूर्वाधार तयारी उपसमितिको विहीवार वसेको वैठकले आईसियू संचालन गर्ने निर्णय गरेको भरतपुर अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीले वताए । उपसमितिका संयोजक डाक्टर प्रकाश खतिवडाको अध्यक्षतामा वसेको वैठकले सक्रमितका लागि संचालनामा ल्याईने आईसियू मा भेन्टिलेटर अभाव हुने देखिएकाले १० वटा भेन्टिलेटर र पर्याप्त मात्रामा पुग्ने पिपिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट माग गर्ने निर्णय समेत भएको छ । साथै हाल संचालनमा रहेको १९ वेडको आईसोलेसन वार्डलाई सर्जरी वार्डको ५ वटा क्याविनमा रहेका ११ वटा वेड थप गरि ३० वेडको आईसोलेसन वार्ड विस्तार गरिने भएको छ । यो विषम परिस्थितीमा स्वास्थ्यकर्मीको मनोवल उच्च पार्न आफ्नो र परिवारको जीवन बीमा रक्षा र जीवन बीमा ग्यारेन्टी गर्न वैठकले अनुरोध समेत गरेको छ । वैठक पछि जारी गरिएको विज्ञप्तीमा हाल सम्म भरतपुर अस्पतालमा १७ जना शंकास्पद विरामीको नमुना परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको उल्लेख छ ।