लकडाउनको मारमा दैनिक मजदुरी गर्ने जनता ,खाद्यान्न बाड्दै राप्ती ९ का वडा अध्यक्ष लामा

लकडाउनको मारमा दैनिक मजदुरी गर्ने जनता ,खाद्यान्न बाड्दै राप्ती ९ का वडा अध्यक्ष लामा

चितवन , १३ चैत। 
विश्वर फैलिरहेको (कोभिड १९ ) कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ । लक डाउनको कारण दैनिक रुपमा ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका विपन्न वर्गलाई भने समस्या परेको छ ।

काम नभएपछि दैनिक रुपमा हातमुख जोड्न कठिन भएपछि चितवनको राप्ती नगरपालिकाका एक वडा अध्यक्षले खाद्यान्न वितरण गरेका छन् । चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष देवेन्द्र लामाले आफ्नो वडाभित्रका ३५ विपन्न परिवारलाई बुधबार खाद्यान्न वितरण गरेका छन् ।

उनले खान नपाएर आफ्नो वडाभित्रका कोहिपनि जनताले दुख नपाउन् भनेर आफ्ना्े व्यक्तिगत खर्चमा खाद्यान्न खरिद गरेर वितरण गरेका हन् । विपन्न बर्गका जनतालाई घर घरमै पुगेर दैनिक उपभोग्य सामाग्री चामल , दाल , नुन , तेल, सावुन लगायतको सामाग्री वितरण गरेका वडा अध्यक्ष लामाले बताए ।