भरतपुरमा रहेका चारै जनाको रिपोर्ट नेगेटिभ

भरतपुरमा रहेका चारै जनाको रिपोर्ट नेगेटिभ

चैत १३ गते । चितवनको भरतपुर कोरोना विषेश अस्पतालमा भर्ना भएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ । मंगलवार यहाँ भर्ना भएका मध्ये चारै जनाको रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण कार्यदल चितवनका प्रवक्ता डाक्टर भोजराज अधिकारीले वताए । उनीहरुको रिपोर्ट विहीवार प्राप्त भएको हो । रिपोर्ट नेगेटिभ आएकाहरुलाई विहीवारनै डिस्चार्ज गरिएको छ । भरतपुरकी सविना सिलवाल ,झापाका नारायण पौडेल, पोखराका गोविन्द भुर्तेल र गोर्खाका होमवहादुर थापाको रिपोर्ट नेगेटिभ आएको हो । साथै विहीवार १० जनाको स्वाब परिक्षणका लागि काठमाडौ पठाईएको समेत उनले वताए । विश्वव्यापी रुपमा कोरोनाको त्रास वढेपछि भरतपुर महानगरपालिकाको अग्रसरतामा चितवन उद्योग संघको परिसरमा रहेको चितवन प्रर्दशनी केन्द्रमा कोरोना विषेश अस्पताल निर्माण गरिएको थियो । यहाँबाट अहिले सम्म ८० जना भन्दा वढिले सेवा लिईसकेका छन् ।