
काठमाडौँ, १४ वैशाख ।
विश्वभर कोरोना भाइरसको कहर मच्चिरहेको छ । पछिल्लो रिपोर्ट अनुसार कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । वल्र्डमिटरले जारी गरेको रिपोर्ट अनुसार हालसम्म विश्वभर २ लाख ३ हजार २७२ जनाको ज्यान गइसकेको छ ।
त्यस्तै संक्रमितको संख्या २९ लाख २० हजार नाघेको छ । त्यसमध्ये ८ लाख ३६ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
५८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । त्यस्तै मध्यम खाले संक्रमितहरु १८ लाख २२ हजारभन्दा बढी रहेका छन् ।
युरोपमा यो भाइरसले कहर मच्चाइरहँदा अन्य महादेशमा भने यो भाइरसको प्रकोप भर्खर सुरु हुँदै गरेको अध्ययनकर्ताहरुको भनाई रहेको छ ।
अफ्रिका, लेटिन अमेरिका र एसियामा यो भाइरसले महाप्रकोप ल्याउने सम्भावना बढ्दै गएको उनीहरुको दाबी छ ।