नेपालकै ठूलो रारा राष्ट्रिय निकुञ्जभित्रको रिर्सोटमा आगलागी, लाखौँको क्षति

नेपालकै ठूलो रारा राष्ट्रिय निकुञ्जभित्रको रिर्सोटमा आगलागी, लाखौँको क्षति

मुगु, १४ बैशाख ।

नेपालकै ठूलो रारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक व्यावसायिक रिर्सोटमा आगलागी हुँदा लाखाँैको क्षति भएको छ ।

निकुञ्जको कार्यालयभन्दा ५० मिटर माथि रहेको भिलेज हेरिटेज एण्ड रिर्सोटमा शनिबार दिउँसो २ बजेतिर एक्कासि आगलागी भएको थियो । आगलागीबाट २ तले भवनसहित भवनभित्र रहेका होटलका लाखौँ मूल्य बराबरका जिन्सी सामानहरु जलेर खरानी भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञ राज रोकायाले जानकारी गराउनुभयो ।

आगलागी भएलगतै रिर्सोट नजिकै रहेको श्रीदल गुल्मका नेपाली सेना र निकुञ्जका वन रक्षकहरुको टोलीले आगो निभाउन सहयोग गरेका थिए । भवनको आगो निकुञ्जको वनक्षेत्रमा नसल्कियोस् भनेर सुरक्षाकर्मीहरुले अग्नि रेखासमेत हालेर वन जोगाए । तर भवन धो पुर्ण रुपमा खरानी भएको छ ।

आगलागी भएको करिव १ घण्टापछि आगो नियन्त्रणमा आएबमे थियो । भवनको धेरैजसो संरचना काठले बनाएकाले भवनलाई आगोले खरानी बनाएको हो ।

नेपालकै प्रमुख पर्यटकिय केन्द्र तथा नेपालकै ठूलो ताल रारा घुम्न आउने आन्तरिक ताथ बाह्य पर्यटकहरुका लागि निकुन्जभित्र रहेका डाँफे होटल र भिलेज हेरिटेज एण्ड रिसोर्टले बस्न र खान सुविधायुक्त थिए । रारा आउने पर्यटकहरुका लागी यी दुई होटल कम भएर पर्यटकहरुले दुःख पाउँदैैै आएका गुनासो गर्ने गरेका थिए ।

पर्यटन व्यवसायी राजु कार्कीले संचालन गदै आएको यो रिर्सोटले पर्यटकहरुलाई गुणस्तरीय खाना नास्ता र सुविधायुक्त बसाइको सेवा दिँदै आएको थियो । आगलागी भएर क्षतिग्रस्त भएपछि अब रारा आउने पर्यटकहरुले झनै दुःख पाउने भएका छन् ।

आगलागी भएको खबर पाउने वित्तिकै सदरमुकाम गमगढीबाट नेपाल प्रहरी घटना स्थल तिर गएको थियो । रिर्सोटमा बिजुलीको तार सर्ट भएर आगलागी भएको भन्ने बताइए पनि यकीन हुन नसकेको, आगलागीले भवनसहित त्यहाँ रहेका सबै सामान, खाद्य वस्तुहरु खरानी भएको र प्रहरीले स्थलगत मुचुल्का निकालिरहेकाले यकीन क्षतिको विवरण आइनसकेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताउनुभयो ।