आरडिटी पोजेटिभ देखिएकी २३ वर्षीया युवतीको आइसोलेसनमा राख्न नपाउँदै मृत्यु

आरडिटी पोजेटिभ देखिएकी २३ वर्षीया युवतीको आइसोलेसनमा राख्न नपाउँदै मृत्यु

वीरगञ्ज,१४ बैशाख ।

वीरगञ्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी२३ वर्षीया युवतीको शंकास्पदआइसोलेसनमा राख्न नपाउँदै मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षिया युवतीको आइतबार बिहान मृत्यु भएको हो। ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो। उनको मृत्युको कारण भने यकीन हुन सकेको छैन ।

केही दिनअगाडि क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले शुरुमा नेशनल मेडिकल कलेजमा लगेका थिए । तर मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्पिटलमा लगियो ।

एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्याएका थिए । शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । पुनस् अर्कोपटक पनि रिपोर्ट पोजिटिभ आएको डा मदन कुमार उपाध्यायले न्यूज २४ लाई फोन वार्तामा बताए ।

तराई हस्प्टिलमा लगातार रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो। तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जनाए ।

युवतीको शव अहिले नारायणी अस्पतालमै छ। उनको मृत्युको कारण यकीन गर्न थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आज बिहान पठाइएको डा उपाध्यायल बताए ।