वीरगन्जका थप २ जनामा पनि कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

वीरगन्जका थप २ जनामा पनि कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं,१४ वैशाख

वीरगञ्जमा थप २ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। २ जनामध्ये एक जनालाई नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको छ भने अर्का एक जनालाई क्वारेन्टाइनबाट अस्पताल ल्याउने तयारी भइरहेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजाअनुसार थप दुईजनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

संक्रमण देखिएका दुबै जना पुरुष हुन्। उनीहरुको उमेर लगभग ५० वर्ष रहेको बताइएको छ। दुई जनामध्ये एक जना वीरगञ्ज महानगरपालिकाका सफाई कर्मचारी हुन्।

उनीहरु दुबैको पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ५१ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।