पिसिआर र र्यापिड गरि ५१ हजार नमुना परिक्षण, कोरोनामुक्त हुनेको संख्या १६ पुग्यो – स्वास्थ्य मन्त्रालय

काठमाडौं,१४ वैशाख
नेपालमा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। कूल संक्रमित ५१ जनामध्ये १६ जना निको भई डिस्चार्ज भएका हुन्। बाँकी ३५ जना विभिन्न अस्पतालमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलनमा १६ जना निको भई डिस्चार्ज भएको जानकारी दिए। आजै वीरगन्जमा दुई जना संक्रमित थपिएका थिए। प्रवक्ता देवकोटाले भने, ‘आज नारायणी अस्पतालमा रहेका पुरुष १२ औं दिनमा र अन्य तीन जना १५ औं दिनमा डिस्चार्ज हुनुभएको छ।’
नेपालभर हालसम्म दुवै परीक्षण विधिबाट गरिएको परीक्षण ५१ हजार ३ सय ६७ पुगेको छ। हालसम्म पिसिआर विधिबाट ९ हजार ९ सय ३१ जना र आरडिटी विधिबाट ४१ हजार ४ सय ३६ जनाको परिक्षण भएको छ। मन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइनमा हाल १७ हजार २५ जना रहेका छन्। यसैगरी आइसोलेसनमा काठमाडौं उपत्यकाभित्र ६ जना र उपत्यकाबाहिर १ सय ४ जना रहेका छन्।