वैशाख २५ सम्म लकडाउन थप्ने मन्त्रीपरिषदको निर्णय

वैशाख २५ सम्म लकडाउन थप्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौँ,१४ वैशाख

सरकारले लकडाउनको अवधि १० दिन लम्ब्याउने निर्णय गरेको छ।

आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २५ सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो।

पछिल्लो पटक थपिएको अवधि भोलि वैशाख १५ मा सकिँदैछ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन चैत ११ गतेबाट देशभर लकडाउन लागू गरेको थियो। कोरोना भाइरस फैलिने जोखिम न्यून नभएका कारण पुनस् अवधि बढाइएको हो।